Logo
६ बैशाख २०८१, बिहीबार
(October 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व भोकमरी सूचकांक : ७३ औँ स्थानमा नेपाल, १ सय २ स्थानमा भारत

काठमाण्डौ : ग्लोबल हंगर इण्डेक्स (विश्व भोकमरी सूचकांक) मा नेपाल छिमेकी राष्ट्र भारतभन्दा धेरै अगाडि रहेको छ ।  एक सय १७ देश सम्मिलित सूचीमा नेपाल ७३ औँ स्थानमा परेको छ भने छिमेकी राष्ट्र भारत १ सय दुई स्थानमा परेको छ ।

जबकि यो सूचीमा दक्षिण एसियाकै पाकिस्तान, बंगलादेश भन्दा पनि पछाडि परेको छ । यो सूचीमा पाकिस्तान ९४ र बंगलादेश ८८ औँ स्थानमा छ । दक्षिण एसियाकै अन्य राष्ट्रहरु श्रीलंका ६६ औँ स्थानमा रहेको छ भने अफगानिस्तान एक सय ८ औँ स्थानमा छ ।

यो सूचीको पहिलो नम्बरमा बेलारुस रहँदा सूचीको अन्तिममा सेन्ट्रल अफ्रिकन रिपब्लिक रहेको छ । यो सूची तयार गर्दा कुपोषित बालबालिकाको संख्या, बाल मृत्युदर, बच्चाको लम्बाइअनुसार तौल नहुनु लगायतका कुरालाई समेटिन्छ ।

प्रकाशित मिति: Oct 16, 2019

प्रतिक्रिया दिनुहोस्