Logo
८ बैशाख २०८१, शनिबार
(October 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुस्कान खातुनलाई भेट्न कीर्तिपुर अस्पताल पुगे पारस

काठमाडौँ : कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कान खातुनलाई भेट्न क्रिकेटर पारस खड्का आज अस्पताल पुगेका छन् ।

एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई भेटेपछि पारसले उनको मूहारमा सधैँ मुस्कुराइरहने हिम्मत प्राप्त होस् भनि भगवानसँग प्राथना गर्न चाहेको सामाजिक सन्जाल मार्फत उल्लेख गरेका छन् ।

मुस्कानलाई भेट्न पारससँगै अर्का खेलाडी सोमपाल कामीसहितको टिम अस्पताल पुगेको थियो । ट्विटरमा मुस्कानसँगको सामूहिक तस्बिर शेयर गर्दै पारसले यो जघन्य अपराधमा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: Oct 16, 2019

प्रतिक्रिया दिनुहोस्