Logo
१३ बैशाख २०८१, बिहीबार
(October 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गरिब दुःखी र मध्यम वर्गले सरकारको कामको प्रसंसा गर्छन् तर धनाढ्यहरुले आलोचना’

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकहरुले आफ्नो अवस्था अनुसार सरकारलाई फरक फरक रुपले हेर्ने गरेको बताएका छन् ।

दशैँ तिहार र छठ पर्वको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टीले काठमाण्डौको भृकुटीमण्डपका गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा गरिब दुःखी र मध्यम वर्गले सरकारका कामको प्रसंसा गरेको र उनीहरुको जीवनस्तरमा सुधार भैरहेको तर धनाढ्यहरुले सरकारले केही गरेन भनेर आलोचना गरेको आरोप लगाएका हुन् ।

वृद्धवृद्धाको लागि भत्ता बढाएको, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भैरहेको, गरिबी निवारण भैरहेको प्रधानमन्त्रीको दाबी छ । वर्तमान सरकारले ठूला ठूला विकासका आयोजनाको सुरु गरेको वर्षौँसम्म अलपत्र परेका आयोजना पूरा गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले अब पश्चिम सेती, पञ्चेश्वर, बुढिगण्डकी लगायतका आयोजना निर्माणमा तीव्रता आउने बताए ।

प्रकाशित मिति: Oct 16, 2019

प्रतिक्रिया दिनुहोस्