Logo
४ बैशाख २०८१, मंगलबार
(October 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मैले सही गरेछु वा गलत, त्यो मूल्यांकन गर्ने काम नागरिकमाथि छोडेको छु’

धनुषा : जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद साहलाई अनुसन्धानका लागि म्याद थप गरिने भएको छ ।

जिल्ला अदालत धनुषाले बुधबार बिहान सांसद प्रमोद साहमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप गरेको हो । म्याद थप भएपछि सांसद साहले संचारकर्मीसँग कुराकानी गर्दै आदलातको निर्णय आफ्नो लागि सर्वमान्य हुने प्रतिक्रिया दिएका छन् ।

उनले भने ‘न्यायपालिकाले जे निर्णय गर्छ । मलाई सर्वमान्य छ । मैले सही गरेछु वा गलत, त्यो मूल्यांकन गर्ने काम नागरिकमाथि छोडेको छु ।’

म्याद थपपछि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।

गएको सोमबार काठमाण्डौ जाने क्रममा राजपाका प्रतिनिधिसभा सदस्य साहले जनकपुर विमानस्थलको बुद्ध एयरको काउण्टर तोडफोड गरेका थिए ।

मंगलबार उनलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरी जनकपुर ल्याएको थियो ।

प्रकाशित मिति: Oct 16, 2019

प्रतिक्रिया दिनुहोस्