Logo
८ बैशाख २०८१, शनिबार
(October 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचुनाव : कात्तिक १० गते भित्र उम्मेदवारको नाम पठाउन नेकपाको निर्देशन

काठमाण्डौ : आगामी मंसिर ६ मा हुने उपचुनावका लागि नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र प्रदेश सभाको सदस्यको कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीसँग परामर्श गरी तीन जनाको नाम सिफारिस गरी कात्तिक १० गते भित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको हो ।

निर्वाचन क्षेत्रीय कमिटी नबनेको स्थानमा जिल्ला कमिटीले सिफारिस गर्ने तथा प्रदेशसभाको सदस्यको हकमा पनि त्यही कुरा लागू गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्थानीय नगरपालिका वा गाउँपालिकाहरुको मेयररउपमेयर, अध्यक्षरउपाध्यक्षको उम्मेदवारका लागि भने सम्बन्धित गाउँ वा नगर कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने पनि उनले बताए ।

वडाको हकमा सम्बन्धित वडा कमिटी वा गाउँ नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने गरि बैठकले निर्णय गरेको छ । उपचुनाव मंसिर ६ गते हुँदैछ ।

प्रकाशित मिति: Oct 16, 2019

प्रतिक्रिया दिनुहोस्