Logo
१५ चैत्र २०८०, बिहीबार
(October 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र तथा मोडलिङमा व्यस्त बन्दै मोडल तथा नायिका अनिता गिरी

काठमाडौँ :  नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा ब्यस्त बन्दै गरेकी मोडल रनायिका हुन अनिता गिरी । मोडलिङ सुरु गरेको एक बर्ष भित्र नै ४ वटा चलचित्र तथा करिब आधा दर्जन म्युजिक भिडियोहरुमा जादुमय अभिनय गरिसकेकी उनी अहिले चलचित्रकर्मीहरुको रोजाइमा परेकी छिन् ।

युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बा्धिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान, नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।

त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढ्दै गरेकी नायिका हुन अनिता गिरी ।

उनी अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन् । मोडलिङ क्षेत्र हुँदै चलचित्रमा नायिका बनेकी अनिताले दर्जनौ फेसन शोहरुमा आफ्नो कला कौसल प्रदर्शन गरिसकेकी छिन् ।

अभिनय तथा नृत्यमा पोख्त नायिका अनिता गिरी सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउँदै सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन् ।

खोटांगको सिम्पानीमा जन्मेर काठमाडौँलाई कर्मथलो बनाएकी गिरी हेर्दा पनि निकै आकर्षित हाँसी रहने शालीन स्वभावकी छिन् । नयाँ नेपाली चलचित्रमार्फत नायिकाको रुपमा धमाकेदार इन्ट्री गर्न लागेकी नायिका अनिता भन्छिन यदि अन्य राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको बताउँछिन् ।

सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनिता गिरी अभिनयमा पोख्त छिन् । अनिताले भनिन् – ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु । ‘

उनी भन्छिन्- ‘मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो ।”एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि अनिता बताउँछिन् ।

प्रकाशित मिति: Oct 15, 2019

प्रतिक्रिया दिनुहोस्