Logo
७ बैशाख २०८१, शुक्रबार
(October 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमेडीले भरिएको निश्चल र स्वस्तिमाको ‘घामड शेरे’ कोे ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ :  नेपाली कथानक चलचित्र ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ । कमेडीले भरिपूर्ण उक्त चलचित्रको ट्रेलरमा निश्चल बस्नेत ,स्वस्तिमा खड्का, गौरी मल्ल लगायतका कलाकारहरु देखिएका छन् ।

विशेषत: चलचित्र ट्रेलरलाई आफूले किनेको जग्गा खोलाले बगाएपछि सोही खोला विरुद्ध मुद्दा हाल्ने घटनाक्रमले रोचक बनाएको छ ।

हेमराज बिसीको निर्देशनमा नरेन्द्र मैनालीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । चलचित्रमा हेमराज वीसी र सिमोस सुनवारको लगानीमा रहेको छ । चलचित्रमा निश्चल र स्वास्तिमासँगै लोकेन्द्र लेखक, सुष्मा निरौला लगायत कलाकारले अभिनय गरेका छन् । यो फिल्म कार्तिक ८ बाट देशभर रिलिज हुदैँछ ।

प्रकाशित मिति: Oct 15, 2019

प्रतिक्रिया दिनुहोस्