Logo
१३ बैशाख २०८१, बिहीबार
(October 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाले टर्कीमाथि लगायो प्रतिबन्ध, तत्काल युद्धविराम गर्न ट्रम्पले गरे एर्दोआनलाई फोन

एजेन्सी : उत्तरी सिरियामा सैन्य आक्रमण गरिरहेको टर्कीमाथि आक्रमण रोक्न दबाब दिँदै अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको छ ।
टर्कीले सिरियामा कुर्दिस लडाकु लक्षित आक्रमणहरु गरिरहेकै बेला अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएर विरोध जनाएको हो।

अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको बीबीसीले जनाएको छ । अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूलाई पनि प्रतिबन्ध लगाएको छ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनलाई फोन गरेर तत्काल युद्धविराम गर्न भनेका छन्।

टर्कीका राष्ट्रपति एर्दोआनले भने जस्तोसुकै परिणाम आए पनि आफूहरू लक्ष्य पूरा नभएसम्म पछि नहट्ने बताएका छन् । टर्कीले सिरियास्थित कुर्दिस लडाकुमाथि आक्रमण गरेपछि पूर्वोत्तर सिरियामा सिरियाली सेना गएको छ। टर्कीको सेना र सिरियाली सेनाबीच सङ्घर्ष हुन सक्ने देखिएको छ।

प्रकाशित मिति: Oct 15, 2019

प्रतिक्रिया दिनुहोस्