Logo
७ बैशाख २०८१, शुक्रबार
(October 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसद साह पक्राउ, यस्तो छ कानुनी व्यवस्था

जनकपुरधाम : जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका राजपाका सांसद प्रमोद शाह पक्राउ परेका छन् ।
शाहलाई अपराध महाशाखाको टोलीले बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषामा साहविरुद्ध मुद्दा दर्ता भएपछि उनीविरुद्ध जनकपुर अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
विमान उड्न ढिला भएको भन्दै सोमबार जनकपुर विमानस्थलमा साहले तोडफोड गर्नुका साथै विमानस्थलका कर्मचारीमाथि अभद्र व्यवहार समेत गरेका थिए ।

शाहले सोमबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा बिहान ११ः४० मा आउनुपर्ने बुद्ध एयरको प्लेनले डिले गरेको भन्दै सांसदले काउण्टर तोडफोड गरेका थिए ।

यस्तो छ कानुनी व्यवस्था :

ऐन अन्तर्गत अपराध गरेको खण्डमा ५ वर्षदेखि १० वर्ष सम्मको कैद हुने प्रावधान छ ।

त्यसैगरी विमानस्थल सुरक्षा विरुद्दको अपराध अन्तर्गत विमानस्थल तथा विमानस्थल क्षेत्र भित्र वा बाहिर रहेका सञ्चार तथा उपकरण बिगारे, भत्काए, क्षति पु(याए, वा नष्ट गरे विमानस्थल सुरक्षा विरुद्दको अपराध मानिनेछ ।

अपराध गर्नेलाई अपराध गर्नबाट भएको नोक्सानी विगो भराई निजलाई एक वर्षदेखि ५ वर्षसम्म कैद हुने व्यवस्था छ । सो ऐन अन्तर्गत मुद्दाको कारबाही गर्ने अधिकार स्थानीय अदालतलाई छ ।

प्रकाशित मिति: Oct 15, 2019

प्रतिक्रिया दिनुहोस्