Logo
१३ बैशाख २०८१, बिहीबार
(October 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनतासँग गरेको प्रतिबद्धताअनुसार अगाडि बढ्नेछौं : उपप्रधानमन्त्री पोखरेल

काठमाण्डौ : उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले जनतासँग गरेको प्रतिबद्धताअनुसार अगाडि बढ्ने अठोट रहेको बताएका छन् ।

‘सिल्क रोड युथ फोरम’ ले सोमबार राजधानीमा आयोजना गरेको ‘चाइना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपालका कम्युनिष्टहरुले जनतासँग गरेको प्रतिबद्धताअनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दै उनले चिनियाँ कम्युनिष्टहरुकै पथमा नभइ नेपालको विशेषताअनुसार फरक ढंगले अघि बढ्ने बताएका हुन् ।

उनले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको पनि बताए । चीन र नेपालमा कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृृत्वमा रहेको सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गरे ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भू-परिवेष्ठितबाट भू(जडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दै उनले अब भू-जडित देशको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चीन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उनले आगामी दिनमा मित्रतालाई थप उचाइमा र्पुयाउने प्रस्ट पारे ।

राष्ट्रपति सीको भ्रमणअघि कतिपयले चीन सरकारसँग के के माग्छौ ? भनेर व्यङ्ग्य गरेको स्मरण गर्दे उनले नेपाल सरकार छिमेकी देशसँगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे ।

प्रकाशित मिति: Oct 14, 2019

प्रतिक्रिया दिनुहोस्