Logo
७ बैशाख २०८१, शुक्रबार
(October 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा गोली हानी एक युवकको हत्या, भारतीय नागरिक हुन सक्ने प्रहरीकाे आशंका

रौतहट :  इशनाथ नगरपालिकामा आइतबार साँझ एक युवकको गोली हानी हत्या भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । भारतीय नम्बरको मोटरसाइकलमा राखेर ल्याइएका ती युवकमाथि गोली प्रहार गरी अन्य २ जना पुनः भारततर्फ फर्किएको स्थानीयले बताएका छन् ।

इशनाथ नगरपालिका-६ मा भारतीय सीमाभन्दा एक किलोमिटर भित्र नेपालतिर युवकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

भारतबाट आएकाहरुले उतैको नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: Oct 14, 2019

प्रतिक्रिया दिनुहोस्