Logo
८ बैशाख २०८१, शनिबार
(October 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागुऔषधविरुद्ध प्रहरीसँग युवाहरुको सहकार्य

बाँकेको खजुरा गाउँपालिका-२ सीतापुरस्थित सचेत युवामञ्च सामाजिक अराजकता र लागुऔषधविरुद्ध प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ ।

सामाजिक अराजकता र लागुऔषधविरुद्ध बृहत् कार्ययोजना बनाएर प्रहरीसँग सहकार्य गरिएको मञ्चका अध्यक्ष मनप्रकाश रेग्मीले बताए ।

अभियानअन्तर्गत मञ्चले आज राधापुर प्रहरी चौकी र खजुरा गाउँपालिका-२ कार्यालयको सहकार्यमा शान्तिसुरक्षा कायम गर्न सरोकारवालासँग बृहत् अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा सांसद नन्दलाल रोकायले समाजमा अराजकता बढेको भन्दै यसलाई नियन्त्रण गर्न नसके व्यवस्थामाथि खतरा आउनसक्ने जिकिर गरे । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले प्रहरी र नागरिकबीचको सहकार्यबाट कुनै पनि अपराध नियन्त्रण गर्न सकिने बताए । ।

उनले लागुऔषध नियन्त्रणका लागि स्थानीयस्तरबाट कसैले हस्तक्षेप नगर्ने प्रतिबद्धता आए १५ दिनभित्र खजुरा क्षेत्रबाट लागुऔषध नियन्त्रण गर्ने दाबी गरे ।

कार्यक्रममा खजुरा क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Oct 14, 2019

प्रतिक्रिया दिनुहोस्