Logo
१३ बैशाख २०८१, बिहीबार
(October 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महरा र आलमले सांसद्को हैसियतबाट कुनै पनि काम गर्न नपाउने

काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन् ।

निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो भने सांसद आलमलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्राउ गरिएको हो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा निर्वतमान सभामुख महरा तत्कालीन नेकपा ( माओवादी केन्द्र) दाङ २ बाट निर्वाचित हुन भने आलम नेपाली कांग्रेस रौतहट २ बाट निर्वाचित सांसद् हुन् । नागरिक दैनिकबाट साभार

प्रकाशित मिति: Oct 14, 2019

प्रतिक्रिया दिनुहोस्