Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानमा आएको आँधीमा मृत्यु हुनेको संख्या ३७ पुग्यो, १७ बेपत्ता

जापानका नागरिक टाइफुन हगिविससँग जुधिरहेका छन् । हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्राडकाष्टिङ संस्था एनएचकेले जनाएको छ ।

त्यस्तै १७ हराइरहेका छन् भने आँधीका कारण १८९ घाइते भएका छन् । देशको मौसम विज्ञान शाखाका अनुसार धेरै ठाँउमा वार्षिक वर्षाको ४० प्रतिशत एक वा दुई दिनमै परेको थियो ।

धेरै स्थानमा अहिले वचाउ तथा सफाई अभियान संचालन गरिएको छ । जापानको भूमि तथा यातायात मन्त्री २१ जलमार्गका तटबन्ध भत्किएको बताएको छ । कयैन स्थानमा सडकहरु पूर्ण रुपमा हिलो माटोले पुरिएका छन् । ती क्षेत्रका घरहरु दुईदेखि तीन मिटरसम्म पानीमा डुबेको पाइएको छ ।

जापानमा आँधी प्रभावितहरुको लागि राहत कार्यक्रममा युद्ध स्तरमा संचालन गरिएको छ । प्रभावित क्षेत्रमा सोमबार थप वर्षाको पूर्वानुमान गरिएको छ । अधिकारीले नदीनाला छेउका बासिन्दालाई सतर्क रहन सावधान गराएको छ ।

प्रकाशित मिति: Oct 14, 2019

प्रतिक्रिया दिनुहोस्