Logo
८ बैशाख २०८१, शनिबार
(October 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्लाफाँटा सुनसान, स्थानीयवासी बने दुखी

भीमदत्तनगर : चाडपर्व मनाउन काठमाडौँलगायत देशका विभिन्न भाग र विदेशबाट गृहजिल्ला कञ्चनपुर आएका स्थानीयवासी यतिबेला आँगनमै रहेको पर्यटकीय गन्तव्यस्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको आवागमन सहज नहुँदा खिन्न छन् ।

बाह्रसिङ्गेको ठूलो झुण्डले प्रख्यात सो निकुञ्जमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने बेला बिग्रेको सडक बनाउन र घाँसे मैदानको घास व्यवस्थापन नहुँदा अहिले यहाँ सुनसान भएकोे हो ।

जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटामा १६ पाटेबाघ, १७ गैँडा, ४०० भन्दा बढी प्रजातिका चराचुरुङ्गीसमेत अवलोकन गर्न पाइन्छ । उक्त निकुञ्जका रेञ्जर यम राउतले पर्यटकलाई आवागमन गर्न दिइए पनि वर्षात्का कारण बिग्रेको सडक बनाउन लागिपरेको बताए ।

“धान काट्ने बेला मजदूर पाउन पनि समस्या हुनाले सडक बनाउन ढिलो भयो”, उनले भने, “घाँस व्यवस्थापनको समय अब हुँदैछ तर पनि दैनिक चार÷पाँच गाडीमा पर्यटक निकुञ्ज प्रवेश गरिरहेका छन् ।”

पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटाभित्रको घाँस व्यवस्थापन नहुने भएकाले अहिलेको याममा जनावर देख्न समस्या हुने बताए । “चैत, वैशाखको जस्तो फाँटभरि जनावर देख्न अहिले अलि कठिन हुन्छ ।” उनले भने । निकुञ्जमा हरेक वर्षात्का बेला करीब तीन महीना आवागमनमा समस्या हुने गरेको छ ।

निकुन्जमा पछिल्ला वर्षमा पर्यटकको आवागमन बढे पनि समयमै घाँस व्यवस्थापन गर्न चाँसो दिइँदैन । उक्त निकुन्जको पिपरियास्थित हात्तीसारका साथैे बेदकोट ताल, लिङ्गेश्वर, झिलमिला तालमा भने पर्यटकको आकर्षण बढिरहेको छ ।

प्रकाशित मिति: Oct 13, 2019

प्रतिक्रिया दिनुहोस्