Logo
१३ बैशाख २०८१, बिहीबार
(October 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ राष्ट्रपति नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान

काठमाडौँ : नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । स्वदेश फर्कने क्रममा सीलाई आफ्ना समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेकी थिइन् ।

राष्ट्रपति सीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रप्लगायत उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए । आफ्ना समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा सी शनिबार अपरान्ह नेपाल आएका थिए ।

नेपाल भ्रमणको क्रममा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग वान अन वान वार्ता समेत गरे ।

सीको स्वदेश फिर्तीको समयमा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो २ बजेसम्म आन्तरिक तथा बाह्य सबै उडान(अवतरण बन्द गराइएको थियो । यद्यपि विमानस्थल प्रशासनले दिउँसो १:५० सम्म मात्र उडान अवतरण रोक्ने सूचना जारी गरेको थियो । सी शनिबार काठमाडौं आउँदा पनि दिउँसो २ बजेर ५५ मिनेटदेखि साँझ ५ बजेर २५ मिनेटसम्म सबै उडान अवतरण बन्द गरिएको थियो ।

सवारीको समयमा चिनियाँ प्रतिनिधिमण्डल बसेको होटल सोल्टीदेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलसम्मको सडक खालि गराइएको थियो ।

सोल्टीमोड, कालीमाटी, त्रिपुरेश्वर, तीनकुने, थापाथली,माइतीघर मण्डला, बबरमहल, नयाँ बानेश्वर र सिनामंगलसम्म सीको विदाईका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे ।

प्रकाशित मिति: Oct 13, 2019

प्रतिक्रिया दिनुहोस्