Logo
१५ चैत्र २०८०, बिहीबार
(October 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बडादशैँको अन्तिम दिन राष्ट्रपति भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा

बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज अपराह्न राष्ट्रपति बिदादेवी भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पाल्नुहुने भएपछि सांसदसहितको टोलीले अनुगमन गरेको छ ।

आज बिहान सांसद् एवं पूर्वमन्त्री महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल तथा उपप्रमुख सरिता कुँवर, सूर्य्विनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतसहितको टोलीले नवदुर्गा मन्दिरमा भएको तयारीको अनुगमन गरेको हो ।

राष्ट्रपति भण्डारीले आज पहिलो पटक मन्दिर प्राङ्गणमा नवदुर्गा नाच अवलोकन गर्ने कार्यक्रम तय भएकाले त्यसको तयारी र सुरक्षास्थिति बुझ्न अनुगमन गरिएको प्रजिअ भट्टले जानकारी दिए ।

विगत वर्षमा राष्ट्रपतिले नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका तथा प्रसाद ग्रहण गरी फर्कने गरेकामा यस वर्ष भने नाचसमेत अवलोकन गर्ने भएपछि सुरक्षा व्यवस्थासमेत कडा पारिएको उनले जानकारी दिए । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको दर्शन गराएर नवदुर्गा भवानीको टीका र प्रसाद प्रदान गर्नाका साथै नवदुर्गाको मूर्तिसमेत अवलोकन गराउने जनाइएको छ ।

प्रकाशित मिति: Oct 13, 2019

प्रतिक्रिया दिनुहोस्