Logo
७ बैशाख २०८१, शुक्रबार
(October 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शरणार्थी शिविरमा आगलागी, ९ ओटा छाप्रा जलेर नष्ट

झापाको दमक-३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ ।

दमकको उत्तरी क्षेत्र बेलडाँगी-२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए ।

आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो ।

नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासबाट आगो निभाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिए ।
आगलागीबाट एक जना शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: Oct 13, 2019

प्रतिक्रिया दिनुहोस्