Logo
१२ बैशाख २०८१, बुधबार
(October 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा नेताहरूसँग राष्ट्रपति सीकाे सामूहिक भेट, १ बजे चीन प्रस्थान

काठमाडौं : काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटको सिलसिलालाई आइतबार पनि निरन्तरता दिने भएका छन् ।

सोही क्रममा राष्ट्रपति सी चिनफिङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग सामूहिक भेटवार्ता गरेका छन् । आइतबार बिहान होटल सोल्टीमा राष्ट्रपति सी र नेकपाका शीर्ष नेताहरुबीच सामूहिक भेटवार्ता भएको हो ।

भेटवार्तामा नेकपाका सचिवालय सदस्यहरु सबै सहभागी छन्। अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागी छन्। त्यस्तै सचिवालय बाहिरबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सो भेटवार्तामा सहभागी भएको नेकपाका एक नेताले जनाकारी दिए ।

राष्ट्रपति सी नेपालको दुई दिने राजकीय भ्रमणका सिलसिलामा शनिबार काठमाडौँमा आएका हुन् । भेटवार्ता सकिएलगत्तैै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति सीबीच वान टु वान भेटवार्ता हुन लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।

राष्ट्रपति सीले शनिबार नै नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् ।

प्रचण्डसँगको भेटसकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच शिष्टाचार भेटवार्ता हुनेछ । सोही भेटवार्ताका क्रममा दुई देशीय केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ ।

द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने सेड्युल छ ।

प्रकाशित मिति: Oct 13, 2019

प्रतिक्रिया दिनुहोस्