Logo
१५ चैत्र २०८०, बिहीबार
(October 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भत्केको पक्की नालामा पुन लापरबाही तरिकाले काम

दुहबी / दुहबी ५ स्थित चौतारा टोलमा १ महिना अगाडि गुणस्तरहिन कामले भत्केको पक्की नालामा पुन लापरबाही तरिकाले काम भएको पाइएको छ । सो ठाउँमा पानी र हिलो सफाइ नगरि काम भएको पाइएपछी स्थानीय आक्रोशित भएका छन । सहि तरिकाले काम न भएको भन्दै उनीहरुले ठेकेदारलाई काम रोकाउन चेतावनी दिएका हुन । दुहबी ५ का वडा सदस्य कृष्ण योन्जनका अनुसार गुणस्तरहिन काम भएको गुनासो आएपछि काम रोक्न लगाएको बताए । जनप्रतिनिधिहरु आएपछी धेरै कामहरु भएपनि अनुगमन न हुँदा केही ठाउँमा गुणस्तरहिन काम हुने गरेको स्थानीयहरुको जनगुनासो ब्याप्त छ । पछिल्लो चरणमा गुणस्तरहिन काम गर्ने यस्ता ठेकेदार कम्पनीलाई स्पस्टिकरण सहित कार्वाहीको चेतावनीसमेत दिएको नगर प्रमुख बेदनारायण गच्छदारले जनाए ।

प्रकाशित मिति: Oct 5, 2019

प्रतिक्रिया दिनुहोस्