Logo
१५ चैत्र २०८०, बिहीबार
(October 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार अजयबावु सिवाकोटी र कर्मचारी रोशनी शाहीलाई सरकारले दियो सुरक्षा

निबर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई सरकारको निर्देशनअनुसार प्रहरीले सुरक्षा दिएको छ ।

शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना प्रहरी सहायक निरीक्षक खटाएको छ । शाहीले आफूमाथि महराबाट बलात्कार भएको भनेर बोलेको भोलिपल्टै बयान फेरकी थिईन् ।

उनले हिजोमात्रै आफूलाई फसाईएको बताउँदै यो प्रकरणमा महराको कुनै दोष नभएको जिकिर गरेकी थिईन् ।

तर, मिडियामा महराले शाहीलाई जबरजस्ती गरेर बोल्न लगाएको र बेपत्ता बनाईएको हल्ला चलेको थियो ।

त्यसैलाई मध्यनजर गर्दै प्रहरीले शाहीको सुरक्षामा प्रहरी खटाएको हो ।

पत्रकार अजयबावु सिवाकोटीलाई प्रहरीको सुरक्षा निगरानी

त्यस्तै, संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले सभामुख रहेका कृष्ण बहादुर महराले आफूलाई बलात्कार गरेको आरोप पहिलोपटक प्रकाशित गरेका पत्रकार अजयबाबु सिवाकोटीलाई पनि प्रहरीले सुरक्षा दिएको छ।

काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको बताए। ‘पछिल्लो समय उहाँले उठाएको इस्यु चर्चामा छ।

यस्तो इस्यु परेको मानिसलाई असुरक्षा छ कि भनेर हेर्नु सामान्य हो।

सुरक्षाका दृष्टीले हामीले निगरानी गरेको मात्र हो। सुरक्षाकर्मी नै खटाएको भने छैन,’ उनले भने।

सिवाकोटीले प्रहरीमा उजुरी गरेर निगरानीमा राखेको भने होइन।

पत्रकार सिवाकोटीका अनुसार आफूलाई बुधवार एक प्रहरी अधिकारीले आफै फोन गरेर हामीले निगरानी गरिरकेका छौं भनेका थिए।

बरू बिहीबार बिहान सिवाकोटीले आफू र आफ्नी पत्निलाई विभिन्न अनजान नम्बरबाट निरन्तर फोन आइरहेको, राजधानीका दुई रेष्टुरेन्टमा बसेर केही व्यक्तिहरूले आफूविरूद्ध आक्रमण गर्ने छलफल गरेको सूचना थाहा पाएको बताएका छन्।

‘केही व्यक्तिहरूले रेष्टुरेन्टमा बसेर मलाई केही न केही गर्नुपर्ने सल्लाह गरिरहेको सूचना पाएपछि मैले प्रहरीलाई मौखिक जानकारी गराएको छु,’ उनले भने।

सिवाकोटीले सोमबार रोशनीले महरालाई लगाएको आरोपबारे भिडियो सहितको रिपोर्ट आफ्नो अनलाईन हाम्रा कुरा डटकममा प्रकाशित गरेका थिए।

त्यही खुलासापछि महराले सभामुख पदबाट राजिनामा दिएका छन्। मंगलबार भने रोशनीले सिवाकोटीले भन्दै नभनेको कुरा छापेको भनेर अर्को मिडियासँग भिडियो अन्तरवार्ता दिएकी छन्।

आइतबार महराले आफूलाई कुटपीट र बलात्कार गरेको आरोप उनको थियो। त्यो दिन उनले प्रहरीलाई समेत बोलाएर आफूमाथि भएको घटनाबारे बताएकी थिइन्। तर प्रहरीले अनुसन्धान अघि बढाएको छैन। उनले लिखित जाहेरी दिनुपर्ने प्रहरीको जिकिर छ।

प्रकाशित मिति: Oct 3, 2019

प्रतिक्रिया दिनुहोस्