Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपसभामुखलाई पनि राजीनामा गराउने तयारी, यी हुन् अब नयाँ दावेदार

सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएसँगै संसद सचिवालयले सूचना टाँस गरेर यसबारे जानकारी गराएको छ । योसँगै अब सभामुख पद रिक्त भएको छ ।

भावी सभामुखका लागि दौडधूप शुरु भइसकेको छ । संविधान बमोजिम सभामुख र उपसभामुख एउटै दलको नहुने व्यवस्था छ ।

यसकारण बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाउनसक्छ ।

उक्त पदमा नेकपाबाहेकको दाबी हुनसक्छ । सभामुख नेकपाकै दाबी रहन्छ । नेकपाकै उम्मेदवार निर्वाचित हुने निश्चित नै छ ।

यसकारण सभामुख बन्न दौडधूप चलिसकेको छ । पूर्व माओवादी पक्षधरले सभामुख पद पाएपछि कृष्णबहादुर महरा निर्वाचित भएका थिए ।

अब उनको राजीनामा पछि पूर्व माओवादी पक्षधरकै सभामुखमा दाबी देखिन्छ ।

तर, पूर्व एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ बलियो दाबेदार बनेका छन् ।

उनले महराको राजीनामालगत्तै अब सभामुख पद खाली भइसकेको छ भनी दिएको अभिव्यक्तिले पूर्व माओवादी पक्षधरलाई चिढ्याएको छ ।

यसकारण पनि उनलाई रोक्ने पहल चलिसकेको छ । सभामुखका लागि ओनसरी घर्तीमगर पनि दाबेदार बनेकी छिन् ।

उनी पूर्व सभामुख हुन् । पूर्व माओवादी पक्षधर भएकाले उनको सम्भावना बलियो छ ।

सभामुखमा प्रचण्ड पक्षधर जर्नादन शर्मा, टोपबहादुर रायमाझीलगायतको पनि सम्भावना देखिएको छ ।

नारायणकाजी श्रेष्ठ सांसद नभएकाले उनको सम्भावना छैन ।

संवैधानिक निकायमा नियुक्तिलगायत विधान निर्माणमा सभामुखको महत्वपूर्ण भूमिका हुने हुँदा यसमा धेरैको दाबी रहेको हो ।

प्रकाशित मिति: Oct 3, 2019

प्रतिक्रिया दिनुहोस्