Logo
७ बैशाख २०८१, शुक्रबार
(October 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भद्रपुर नगरपालिकाद्वारा विपन्नलाई दशैँको कपडा वितरण

भद्रपुर नगरपालिका-१० ले वडाभित्रका वृद्धा, असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई दशैँका लागि आज कपडा वितरण गरेको छ ।

वडाध्यक्ष टेकबहादुर खड्काले वडाका पाँच सय बढी अति विपन्न परिवारलाई कपडा वितरण गरेको बताए ।

उनले वडाभित्र स्थापना गरेको कपडा बैंकमार्फत सङ्किलत र नयाँ खरीद गरेर वितरण गरेको बताए । उनका अनुसार भेष्ट, पाइन्ट, कुर्ता सलवार, सारीलगायतका हजार थान भन्दा बढी कपडा वितरण गरिएको थियो ।

प्रकाशित मिति: Oct 3, 2019

प्रतिक्रिया दिनुहोस्