Logo
२९ कार्तिक २०७६, शुक्रबार
(October 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ललितपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना छनौट गरिसकेकी छु’

ललितपुर : सत्तारुढ दल नेकपाकी नेतृ पम्फा भुसालले ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना गर्ने घोषणा गरेकी छिन् ।

ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सांसद समेत रहेकी भुसालले ललितपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ त्यहाँका पर्यटकीय स्थलहरु मंगलबजारलगायतका ठाउँमा पर्यटकीय सूचना केन्द्र स्थापना गर्न लागिएको बताएकी हुन् ।

बिहीबार ललितपुरमा एक कार्यक्रमका बीच उनले आफ्नो ‘सांसद विकास कोष पूर्वाधार योजना’ सार्वजनिक गर्दै ललितपुरलाई समृद्ध बनाउने मुख्य उद्देश्यसहित आफूले योजना छनौट गरिएको स्पष्ट पारिन् ।

नेतृ भुसालले स्थानीय उपभोक्ता समिति बनाएर सो कोषको खर्च हुने भएकाले त्यसमा सांसदहरुको कूनै भूमिका नहुने पनि पटकपटक दोहोर्याइन् ।

नेतृ भुसालले आफूले सो कोष अन्तरगत छनौट हुने सबै योजना ललितपुरका स्थानीय उपभोक्ता समितिसँग परामर्श गरेर तय गर्ने पनि बताइन् ।

प्रकाशित मिति: १६ आश्विन २०७६, बिहीबार १३:५९

प्रतिक्रिया दिनुहोस्