Logo
६ बैशाख २०८१, बिहीबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिकाको कार्यालयमा शङ्कास्पद वस्तु

बेत्रावती : नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा आज शङ्कास्पद वस्तु फेला परेको छ ।

वडा नं ६ समुन्द्रटारस्थित गाउँपालिकाको कार्यालयभित्र सकेट बमजस्तो शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार कार्यालयको मुख्य ढोका ९फलामे चेन गेट०बाट भित्रको कोठा परिसरमा विष्फोटक पदार्थ जस्तो देखिएको बस्तु राखेको अवस्थामा फेला परेको हो ।

उक्त स्थानमा अहिले प्रहरी सुरक्षा दिइरहेको छ भने डिष्पोज गराउन जबरजङ्ग गण देवीघाटबाट नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रकाशित मिति: Oct 2, 2019

प्रतिक्रिया दिनुहोस्