Logo
७ बैशाख २०८१, शुक्रबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सुवासचन्द्र नेम्वाङमाथी रोशनी शाहीले लगाइन गम्भिर आरोप

मिडिया मार्फत निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले यो प्रकरणमा महरा निर्दोष रहेको बताएकी छिन् ।

धेरैलाई आश्चर्यमा पार्नेगरि यु टर्न भएकी रोशनीले आफूलाई ज्यान मार्ने धम्की दिएर यस्तो बोल्न लगाईएको पनि स्पष्ट पारेकी छिन् ।

त्यतिमात्रै होईन, शाहीले पुर्वसभामुख तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय सदलका उपनेता सुवासचन्द्र नेम्वालाई पनि कारबाही गर्न माग गरेकी छिन् ।

उनले फेशबुकमा एक स्टाटस लेख्दै भनेकी छिन्,-“बहुविवाह गर्ने उपनेतालाई पनि कारबाही हुनुपर्छ । न्याय दुवैलाई समान हुनुपर्छ ।”

शाहीले अर्को स्टाटसमा महराले आफूलाई केही नगरेको जवाफ फर्काउँदै भनेकी छिन्,”किन नचिन्ने उपनेता ज्यू, महराले केही गरेका छैनन् स्वयम म भिक्टिम बोल्दैछु बरु तपाईको बहुविवाहको नालीबेलीको कथा संसदलाई जानकारी गराउनुहोस तपाई पनि दुधले नुहाएको गाई होईन् ।”

नेम्वाङले महराले राजीनामा दिएपछि केही मिडियामा अब संसदले महरालाई नचिन्ने बताएका थिए ।

उनले राजीनामा दिएपछि सांसद पद पनि स्वतः निलम्बन हुने बताएका थिए ।

शाहीले नेम्वाङले बोलेका उक्त कुराको मिडिया कभरेज शेयर गर्दै त्यसमै जवाफ फर्काएकी हुन् ।

प्रकाशित मिति: Oct 2, 2019

प्रतिक्रिया दिनुहोस्