Logo
१५ चैत्र २०८०, बिहीबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीलाई रोशनीको चेतावनी : ‘टर्चर दिने काम बन्द गर, आईन्दा कोठामा नआउनु’

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला कर्मचारी रोशनी शाहीले यो प्रकरणमा एकपछि अर्को गरेर धाराप्रवाह नयाँ नयाँ पोष्ट गरेकी छिन् ।

उनले कहिले महराको राजनीति नसकिने त कहिले प्रहरी आएर आफूलाई मेन्टली टर्चर दिएको आरोप लगाएकी छिन् । उनले अब आईन्दा आफ्नो कोठामा नआउनपनि प्रहरीलाई चेतावनी दिएकी छिन् ।

आज विहान आफ्नो फेशबुकमा एक स्टाटस लेख्दै उनले भनेकी छिन्,-“आज बिहान करिब ७ बजे एक जना लेडज र ईकजना पुरुष सिभिल ड्रेसमा आउनुभयो वहाहरुले हामी तपाईको सेक्युरिटिको लागि आएको भन्नुभयो र कोठामा बसाले पछि १० १५ मिनेटपछि ६ जना सिभिल ड्रेसमा कोठामा बस्नुभयो अरु बाहिर कति हुनुहुन्थयो थाहा भएन वहाहरु सबै पुलिस फोर्सका सरहरु हुनुहुन्थयो म एक्लै भको बेला तेसरि ग्वारग्वारति आएर मेरो कोठामा म एक्लैलाई आईतबार सभामुखको बारेमा सोधपुछ गर्न लाग्नु भयो आईतबार साझ के के भयो भनेर पटक पटक मलाई मेन्टलि टर्चर र दबाब तरिकाले सोधपुछ गरियो जब कि म एक्लै थिए मैले मेरो स्रिमान आउनुहुन्छ अनि उतै चौकिमा आएर कुरा गरौला भन्दा पनि सबै कोठा हरु को निरिक्षण गर्नुभयो जुन आबसयक नै थिएन यसरी पटक पटक मलाई दबाब दिएर अलि धम्काएको जस्तो गरि चार किल्ला घटना भको ठाउँ को मुचुल्का बनाउनुभयो एउटा उच्च ओहदाका प्रहरी ज्यु हरुले मानसिक रुपमा टर्चर दिनुपर्ने नै थिएन कहिले मेरो घरबेटिलाई दुख दिने कहिले मलाई टर्चर दिने हिसाबले आज बिहान जे गर्नुभयो तेसको बिरोध गर्न मन लाग्यो र बाटोमा पनि दुईचार जना वरिपरि लुकेर बसेका हुन्छन् तेति सारो पहरा राख्नुपर्ने आबसयकता छैन न हामी चोर हौ न त लुटेरा हामी हाम्रो स्वतन्त्र रुपले हिड्न पनि नपाउने रु के तेस्तो गरेका छौ र रु र आज मैले प्रेस मिट पनि गरिसके सबै कुरा प्रेसमा आईसक्यो तसर्थ प्रहरी प्रशासनलाई मेरो आग्रह छ अब आईन्दा मेरो कोठामा आउने मेरो घरबेटिलाई पटक पटक दुख दिने सोधपुछ गर्ने काम नगरौ मैले जाहेरि दिन मन लागे दिउला नत्र नदिउला तर मलाई मेरो घरबेटिलाई टेन्सन दिने काम नगरिदिनु होला धन्यबाद-!”

प्रकाशित मिति: Oct 2, 2019

प्रतिक्रिया दिनुहोस्