Logo
१३ बैशाख २०८१, बिहीबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी भ्यानको ठक्करले १९ वर्षीय मनिष मण्डलको घटनास्थलमै मृत्यु

प्रहरी भ्यानमा ठोक्किँदा प्रदेश २ स्थित जनकपुरधाममा मोटरसाइकल यात्रीको मृत्यु भएको छ । प्रहरीको भ्यान र मोटरसाइकल जुध्दा घटनास्थलमै एकजना युवकको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नं. २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ आनन्दनगर बस्दै आएका १९ वर्षीय मनिष मण्डल रहको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

युवकको घटनास्थलमै मृत्यु भएको छ भने उनीसँगै मोटरसाइकलमा सवार उनका घरबेटी जनकपुरधामका नजुर अन्सारी घाइते भएकी छिन् । उनको उपचार अहिले जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान साढे ८ बजे सरसफाई कार्यक्रम समापन गरेर प्रदेश २ प्रहरी गणको ना १ ग ४७९ नम्बरको प्रहरी भ्यान जाँदै गरेको अवस्थामा अनटेस्ट पल्सर मोटरसाइकलसँग जनकपुरधामको रामचोकमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

 

प्रकाशित मिति: Oct 2, 2019

प्रतिक्रिया दिनुहोस्