Logo
१३ बैशाख २०८१, बिहीबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानी राख्नुहोस् : उडुस आतंक रोक्न अपनाउनुहोस् यी १० घरेलु विधि

उडुस सानो र छिट्टै लुक्ने परजीवी हो । यो नखाएर पनि लामो समयसम्म बाँच्न सक्ने परजीवी हो ।

यसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ ।

एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ । ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन गर्छ । यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ । जसका कारण यिनीहरू झुण्ड हुँदै पूरै घरभरि फैलन्छन् ।
त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ ।

उडुस भगाउने केही घरेलु विधिहरु यसप्रकार छन् :

१.  पुदिना रस :

उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले, पुदानाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस् । यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुहोस् । सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ ।

२. रातो खुर्सानी :

  रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन् । तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन् ।

३. लेवेण्डर : 

उडुसले लेवेडरको गन्ध पनि सहन गर्न सक्दैन । त्यसैले, तपाईं लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेडरको पर्फ्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ ।

४. रोजमेरी : 

उडुस रोजमेरीको गन्धले पनि भाग्छ । तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ । राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस् ।

५. नीलगिरी : 

नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ । साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ ।

६. बिनका पात :

बिनका पात पहिलेदेखि नै उडुस मार्न प्रयोग हुँदै आएको पाइन्छ । तर, हामीलाई यसको चमत्कारी गुणहरूबारे भने कमै मात्र थाहा छ । हालै गरिएको एक अध्ययनले बिनका पातले उडुस मार्ने प्रमाणित गरेको छ । तपाईं पनि बिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ ।

७. टी ट्री स्प्रे : 

टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ । उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ । यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस् । यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस् । अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस् । यसलाई एक हप्ता लगातार छर्कनाले तपाईं सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सक्नुहुनेछ ।

८. नीमको तेल :

नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ । यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन् । कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ । नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ । साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ ।

९. थाइम अजवाइनको फूल : 

थाइम इटलीको एक लोकप्रिय बुटी हो, जसको प्रयोग खानामा स्वाद बढाउन गरिन्छ । थाइमले उडुसलाई सीधा असर त गर्दैन, तर यसको गन्ध उडुसले सहन गर्न सक्दैन । यसको गन्धले उडुसहरू लुकेको ठाउँबाट निस्कन्छन् । थाइमका पात जालीदार ब्यागमा राखेर उडुस भएको ठाउँमा राखिदिनुहोस् । हरेक ३ दिनमा ब्यागका पात निकालेर ताजा पात राख्नुहोस् । यसो गर्नाले तपाईं उडुसको तनावबाट मुक्त हुन सक्नुहुन्छ ।

१०. स्वीट फ्लेग :

स्वीट फ्लेगलाई कलामस पनि भनिन्छ । यसको प्रयोग रसायनमा आधारित कीटनाशक बनाउन गरिन्छ । यसमा एण्टी माइक्रोबियल गुण हुन्छ, जसको कारणले उडुसजस्ता परजीवी भगाउँछ ।

यसबाट बनेको हर्बल कीटनाशक तपाईं किचेन गार्डेनसम्बन्धी पसलमा पाउन सक्नुहुन्छ । स्वीट फ्लेगको पाउडर ल्याएर त्यसको प्याकेटमा लेखिएको निर्देशनअनुसार त्यसको घोल बनाउनुहोस् । त्यस घोललाई आफ्नो घरको कुनाकुना उडुस भएको ठाउँमा छर्कनुहोस् । उडुस भगाउन यो विधि पनि निकै प्रभावकारी मानिएको छ ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्