Logo
८ बैशाख २०८१, शनिबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टाको अवधिमा दुई वटा स्टिङ अपरेशन, प्रहरीका सई र प्रधानाध्यापक पक्राउ

बुटवल : सोमबार साँझ अख्तियार दुरूपयोग अनुसन्धान आयोग आयोग बुटवलले २४ घण्टाको अवधिमा दुई वटा स्टिङ अपरेशन गरेको छ । उक्त समय अवधिमा अख्तियारले १५ हजार घुससहित प्रहरी नायव निरीक्षक (सई) लाई रुपन्देहीबाट नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय मंगलापुर रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)खिमबहादुर जिसी सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए।

यस्तै मंगलबार पनि कपिलवस्तुमा प्रधानाध्यापक पक्राउ परेका छन् ।

बिहान अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले कपिलवस्तुबाट रु ४० हजार घुस रकमसहित श्री बालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ८ स्थित बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रबिन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यलय सहयोगी राम कुमार लुनिया रहेका छन् ।

घुस रकम मागेको सूचनाका आधारमा अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्