Logo
१२ बैशाख २०८१, बुधबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्स्टाग्राममा श्रीमान् निकको गलत उमेर लेख्दा प्रियंका चोपडा भइन् ट्रोलको शिकार

नायिका प्रियंका चोपडा पुन: एकपटक ट्रोल भएकी छिन् । उनले इन्स्टाग्राममा श्रीमान् निक जोनसको उमेर गलत लेखेपछि ट्रोलको शिकार भएकी हुन् ।

वास्तवमा, नायिकाले निकसँगको एउटा फोटो सेयर गर्दै उनलाई टकिला ब्रान्ड भिल्ला भ्यानको लञ्चमा बधाई दिइन् । उनले लेखेकी छिन्, ‘तपाईंमाथि गर्व छ । २७ वर्षको उमेरमा तपाईं आफ्नै टिकलाको मालिक हुनुहुन्छ ।’

पोस्ट हेरेपछि थुप्रै इन्स्टा प्रयोगकर्ताले उनलाई निकको उमेर २७ नभई २६ भएको याद दिलाए ।

मानिसहरुले यस्तो कमेन्ट गरे :

एक प्रयोगकर्ताले लेखे, ‘उनी अहिले २६ वर्षमा छन्, २७ होइनन् ।’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘१४ दिनका लागि २६ वर्ष ।’
एक अन्य प्रयोगकर्ताले लेखे, ‘तिमी उसको लायक नै छैनौं । तिमीलाइ उसको सही उमेर पनि थाहा छैन ।’
यस्तै, एक प्रयोगकर्ता लेख्छन्, ‘जब तपाईंले उमेर भिन्नतालाई कम गर्ने कोसिस गरे । उनी २६ वर्षका हुन् ।’

स्मरण रहोस्, निकको जन्म १६ सेप्टेम्बर सन् १९९२ मा भएको थियो । तसर्थ, यो हिसाबले उनी अहिले पनि २६ वर्षका छन् । ३७ वर्षकी प्रियंकाले डिसेम्बर २०१८ मा निकसँग विवाह गरेकी हुन् ।

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्