Logo
१३ बैशाख २०८१, बिहीबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुगलले हटायो अत्यधिक चर्चित एप ‘CamScanner’

गुगलले प्ले स्टोरबाट डकुमेन्ट स्क्यान गर्ने चर्चित एप CamScanner (क्यामस्क्यानर) हटाएको छ । यो एपमार्फत स्मार्टफोनमा म्यालवेयर अट्याक भइरहेको जानकारीपश्चात् गुगलले यस एपलाई प्लेस्टोरबाट हटाएको हो ।

क्यास्परस्काई ल्याबका अनुसन्धानकर्ताको रिपोर्ट अनुसार यो एपमार्फत स्मार्टफोनमा म्यालवेयर अट्याक भइरहेको थियो । जसमार्फत् लाखौं प्रयोगकर्ता प्रभावित भएका छन् ।

यस्तै, प्रयोगकर्ताको सहमति बिना नै फोनमा विभिन्न एप्स डाउनलोड भइरहेका थिए । अब गुगलले यसलाई तुरुन्त प्ले स्टोरबाट हटाउनुका साथै प्रयोगकर्तालाई फोनबाट एप हटाउने सल्लाह पनि दिइरहेको छ ।

१. क्यास्परस्काई ल्याबको रिपोर्ट :

क्यास्परस्काई ल्याबका अनुसन्धानकर्ताका अनुसार यस एपमार्फत् फोन ह्याक हुने खतरा भएको बताइएको छ । एपमा Trojan.Dropper.AndroidOS.Necro.n म्यालवेयर पहिले नै इन्स्टल भएको भेटियो । यसको मद्दतले ह्याकर्सले तपाईंको फोन ह्याक गर्न सक्ने निष्कर्ष रिपोर्टमा प्रकाशित गरिएको छ । क्यामस्क्यानरलाई १० करोड बढी प्रयोगकर्ताले प्रयोग गरिरहेका छन् ।

अनुसन्धानकर्तालाई यो पनि शंका छ कि एपको मद्दतले केही प्रयोगकर्ताको लगिन डिटेल पनि चोरिएको हुनसक्छ । यसको अपडेट भर्सनमा म्यालिशल मोड्युल भएको एडवर्टाइजिंग लाइब्रेरी भेटिएको छ जुन प्रयोगकर्ताका लागि अत्यधिक खतरनाक छ ।

२. पेड भर्सन अहिले पनि छ :

गुगलले यो ऐपलाई केही समयका लागि प्ले स्टोरबाट हटाएको छ । र एपबाट म्यालवेयरको खतरा हटेसँगै यसलाई पुनः प्ले स्टोरमा उपलब्ध गरिने स्पष्ट पारेको छ । यद्यपि, यसको पेड भर्सन भने अहिले पनि प्ले स्टोरमा पाइएको छ ।

३. ऐप प्रयोगकर्तालाई सल्लाह :

अनुसन्धानकर्ताले एप निकै राम्रो भएको र यसले विगतमा कहिले पनि कसैलाई हानी नपुर्याएको बताएको छ । यद्यपि यो एप अब फोनबाट तुरुन्त हटाउनुपर्ने बताएका छन् । । एप हटाउनु अघि यसको डाटा र क्याश क्लियर गर्नुपर्ने हुन्छ । यसका लागि सेटिङ्गमा गएर एपमा जानुहोस् र त्यहाँ क्यामस्क्यानर सेलेक्ट गर्नुहोस् । अब स्टोरेजभित्र गएर ‘क्लियर डेटा’ र ‘क्लियर क्याश’ सेलेक्ट गर्नुहोस् ।

एपलाई दिइएको अनुमती जस्तै फोटो, भिडियो, एल्बम, कन्ट्याक्टलाई पनि बन्द गर्नुहोस् । त्यसपछि क्यामस्क्यानर एपलाई अनइन्स्टल गर्नुहोस् । यदि तपाईं फोनमा एन्टी भाइरस छ भने एकपटक त्यसलाई पनि रन गर्नुहोस् ।

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्