Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जग्गा प्रकरणमा थप ५८ जनालाई अख्तियारले बयानका लागि बोलायो (नामावलीसहित)

काठमाण्डौ स्थित बालुवाटारमा रहेको ललिता निवासको जग्गा अनियमितिता प्रकरणमा अख्यितार दुरुपयोग अनुसन्धान आयोयले थप ५८ जनालाई बयानका लागि बोलाएको छ ।

आयोगले बुधबार एक सूचना प्रकाशन गर्दै सात दिनभित्र उपस्थित हुन भनेको छ । यसअघि अख्तियारले ८६ जनालाई बयानका लागि बोलाएको थियो ।

‘सरकारले मुआब्जा दिई अधिग्रहण गरिलिएको ललिता निवास क्याम्पभित्र पर्ने २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय काठमाण्डौ, डिल्लीबजारका कर्मचारीहरूसमेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरूलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीको अनुसन्धानको सिलसिलामा तपाईंसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ ।

यो म्याद सूचना प्रकाशित भएको मितिले यस आयोगको अनुसन्धान महाशाखा नम्बर २ मा सम्पर्क गर्न आउनुहोला । नआए कानुन बमोजिम भई जानेछ’, अख्तियारको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्