Logo
६ बैशाख २०८१, बिहीबार
(September 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ स्थित सुनसरीमा ३ महिनामा ३ जना सिडिओ

प्रदेश १ स्थित सुनसरी जिल्लामा ३ महिनाको अवधीमा ३ जना सिडिओ फेरिएका छन । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अवकाश पाएका प्रेमप्रकाश उप्रेती गएपछि सुनसरीको प्रमुख जिल्ला अधिकारी भएका आएका कृष्णबहादुर राउतले एक महिनाको कार्यकाल पुरा गर्न नपाउदै बिहिबार सरुवा भएका छन ।

राउतले सुनसरी आएर कामको जिम्मेवारी सुरु गरेको एक महिना पुरा नभएकै अवस्थामा पुनः सुनसरी जिल्लामा अर्का प्रमुख जिल्ला अधिकारी आएका छन् ।

गृह मन्त्रालयले बिहिबार साँझ निकालेको सरुवाको सुचीमा बारा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी राजेश पौडेल जिल्ला प्रशासन कार्यालय सुनसरी आएका छन् ।

इनरुवा स्थित जिल्ला प्रशासन कार्यालयमा सिडिओ सरुवा भएको सुचना पाउने वितिकै नयाँ आउने सिडिओको स्वागत र सरुवा भएका सिडिओको विदाईको तयारी गरिएको थियो ।

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको थियो ।

१७ प्रमुख जिल्ला अधिकारी, तीन कामु प्रजिअ, चार सहायक प्रजिअ र सात उपसचिव तथा सहसचिव गरी ३१ जनाको सरुवा गरेको हो । मन्त्रालयले काठमाण्डौमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई लगेको छ ।

धनकुटाका प्रजिअ सीताराम कार्कीलाई इलाम, काभ्रेपलाञ्चोकका प्रजिअ उदयबहादुर रानालाई झापा, बाँकेका प्रजिअ मदन भुजेललाई मोरङ्ग सरुवा गरि पठाएको छ ।

यस्तै मोरङका प्रजिअ रमेशकुमार केसीलाई कास्की, सप्तरीका प्रजिअ सुरेन्द्र पौडेललाई कारागार कार्यालय ललितपुर, बझाङका प्रजिअ सुरेश सुनारलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा मोरङ सरुवा गरिएको छ ।

मोरङका सहायक प्रजिअ उमेश पाण्डेलाई बझाङको प्रजिअमा सरुवा गरिएको छ । कारागार कार्यालय सुनसरी झुम्काका सहसचिव डाक्टर कृष्णबहादुर घिमिरेलाई धनकुटाको कामु प्रजिअ, कारागार व्यवस्थापन विभाग काठमाण्डौका उपसचिव सुनिल खनाललाई सप्तरीको कामु प्रजिअमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: Sep 3, 2019

प्रतिक्रिया दिनुहोस्