Logo
११ बैशाख २०८१, मंगलबार
(September 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ देशभरकै मधेशीहरुको आस्था हो : वीरेन्द्र केएम

पत्रकार एवं अधिकारकर्मी वीरेन्द्र केएम

पत्रकार एवं अधिकारकर्मी वीरेन्द्र केएमले प्रदेश नमबर २ देश भरकै मधेशीहरुको आस्था केन्द्र भएको बताएका छन् । सिविल मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष तथा नागरिक टाइम्सका सम्पादक पत्रकार केएमले प्रदेश २ का मधेशी समेत अन्य प्रदेशका सबै मधेशीप्रतीको नजर यो देशमा एउटै किसिमको रहेको उनको तर्क रहेको छ ।

समाजिक संजाल फेसबुकमा ‘आफ्नै प्रष्टिकरण’ भनि एउटा पोष्ट गर्दै उनले त्यस्तो बताएका हुन् । पछिल्लो १८ वर्षदेखि पत्रकारितामा रहेका केएमले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतको बारेमा समेत लेखेका छन् ।

भारतीय संचार संस्था एबिपि न्यूज नेटवर्कका नेपाल प्रतिनिधि समेत रहेका केएमले आफ्नो पोष्टको अन्त्यमा जय नेपाल, जय मधेशी भनेर लेखेका छन् ।

पढ्नुस् केएमको स्टाटस जस्ताको त्यस्तै :

आफ्नै प्रष्टिकरण : 
धेरैले मलाई भन्छन् “तपाईं त प्रदेश २ को निकै विरोधी हो” हुनपनी हो मैले बेला-बेला आलोचना गरिरहेकै हुन्छु । उहाँहरुको बुझाई त्यस्तो हुनु स्वाभाविक हो । तर त्यस्तो होईन प्रदेश २ लाई म आफ्नै ठान्छु, त्यसैले गलतकार्यको आलोचना गर्छु, मेरो के दुश्मनी छ र, प्रदेश २ सँग ? देशमा अरुपनि प्रदेश छन् तर खोइ त्यसको खासै मलाई मतलब छैन । प्रदेश २ मेरो ससुराली प्रदेश हो, त्यसका अलावा प्रक्रियागत रूपमा उक्त प्रदेशसँग मेरो कुनै नाता छैन तर भावनात्मक नाता छ । किनकी यो देशमा मधेशीलाई अधिकार सम्पन्न बनाउनका लागी बिगतको संघर्षमा देशभरका मधेशीको योगदान छ ।

भलै म प्रदेश १ का मधेशी हुँ । यद्यपि प्रदेश २ देशभरकै मधेशीहरुको आस्था हो, चाहे त्यो ५ का मधेशी हुन् वा अन्य प्रदेशका । प्रदेश २ का मधेशी होस् वा अन्य प्रदेशका सबै मधेशीप्रतीको नजर यो देशमा एउटै छ । तसर्थ संघीयताको मूल मेरुदण्ड नै प्रदेश २ हो, यसमा कुनै दुई मत छैन । प्रदेश २ अब विकास र समृद्धि केन्द्रित हुनुपर्छ, जेमा पनि बिदा केन्द्रित होईन, प्रदेश २ देशकै नमुना बन्नुपर्छ,भ्रष्टाचार-अनियमिता र हौउवा प्रदेश होइन, यति भन्दैमा हामी प्रदेश २ कै बासिन्दा बन्नुपर्छ भन्ने कदापि तर्क होइनन् । हामी जहाँ छौं त्यहीँ ठिक छौं ।

आजका मुख्यमन्त्री राउत बिरगंजमा जतिबेला प्रध्यापन गरिरहेका थिए त्योबेला स्व. गिरिजाप्रसादका अगाडि काठमाडौंमा म चर्का-चर्का मधेशीका कुरा गर्थें, मधेशीलाई अधिकार सम्पन्न बनाउन मेरो योगदान नै छैन भने होइनन् नी। आजको उपेन्द्र यादवलाई काठमाडौंमा आफ्नै हातले खाना खुवाउने पनि मै हुँ र रौतहट काण्डका बेला मोटरसाइकलमा बोक्नेपनि मै हुँ । 
१८ वर्ष बितिसक्यो यहीँ पत्रकारितामै त्यो पनि मधेशी मिशन पत्रकारितामै, यस अवधिमा मधेशीकै नाममा जेल-नेल के-के भोगे के-के । 
तर म सक्षम छैन भन्ने होईन, म नि चाहेको भए निजामती सेवामा वा अन्य सेवामा नोकरी गर्न सक्थें, राजनीति गर्न सक्थें तर गरिएन, यद्यपि म दुखी भने छैन, मज्जाले कमाएको छु, ऎस-आरामको जीवनयापन गर्दैछु, कसैको खाएको छैन, कसैसँग मागेको छैन, बिगतमा अधिकारका लागी पत्रकारिता गरें, अहिले प्रोफेसनल पत्रकारितामा छु । मेरो समाज समृद्ध बनोस्, मेरो देश विकसित बनोस् र यसमा मेरो पनि योगदान होस् । यसका लागी सदैब प्रयासरत रहेको छु ।

जय नेपाल, जय मधेशी ।

प्रकाशित मिति: Sep 3, 2019

प्रतिक्रिया दिनुहोस्