Logo
११ बैशाख २०८१, मंगलबार
(September 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्जुमा भरौट प्रसोधनको नाममा खोला दोहन : उच्च जोखिममा हुँदा समेत जनप्रतिनिधि-प्रहरी मुकदर्शक

सुनसरी/ सुनसरीको बर्जु २ स्थित केसलिया खोलामा भरौट प्रसोधनको नाममा नदि दोहन हुँदा समेत जनप्रतिनिधि तथा प्रहरी मुकदर्शक तथा मौन रहेको पाइएको छ । अवैधरुपमा भरोट प्रशोधन गर्दा केसलिया खोला छेवमै रहेको नहर तथा बाटो उच्च जोखिममा रहेको छ ।

स्थानिय दिनेश्वर मण्डलले भने प्रहरी र जनप्रतिनिधिहरुलाइ समेत यस बिषयमा जानकारी गरायौं तर केहि चासो राखेनन । उनले भने बाटो र नहर समेत भासिन लाग्यो जसले गर्दा किशानहरु ठुलो मार्कामा पर्न सक्ने बताए ।
खोला उत्खनन गरेर जनतालाइ दुख दिन लाइसेन्स दिएको भन्दै स्थानियहरु आक्रोसित भएका छन ।

खोलामा गहिरो भंगालो बनाउँदा समेत बर्जु गाउँपालिका वेखवर रहेको छ । बर्जु २ स्थित वेलगछिया बस्ती छेवमा रहेको केसलिया खोलामा बाटो र नहर समेत उत्खनन हुँनेगरि गहिरो भंगालो बनाउँदा समेत वडा कार्यालय र बर्जु गाउँपालिकाले वास्ता नगरेको भन्दै स्थानियहरु आक्रोसित भएका छन । खोलामा द्रैनिक १५० भन्दा बढी ट्रयाक्टरमा माटो लगेर बाटो र नहर खराव पारेको भन्दै स्थानियहरुले गुनासो पोखेका छन ।

केसलिया खोलामा ठाउँ–ठाउँमा गहिरो भंगालो बनाएकोले बाढी आउँदा पुरै गाउँनै उच्च जोखिममा पर्ने हुँदा वेलैमा सरोकारवालाहरुले ध्यान दिनु पर्ने उनिहरु वताउछन । खोला छेवबाट २०० मिटर भित्र माटो उत्खनन गर्न न पाउँने ऐनमै उल्लेख भएपनि तथा असार देखि भदौ महिना सम्म खोला उत्खनन पूर्णरुपमा बन्द हुँने कानूनी प्रावधान रहेपनि प्रहरी तथा जनप्रतिनिधिकै अगाडी खुल्लम खुल्ला तिव्ररुपमा खोला दोहन भइरहेको छ ।

संचारकर्मीहरुको रिपोटिङको क्रममा रावे प्रहरी चौकीकै अगाडीबाट २ ओटा ट्रयाक्टरहरु लामबद्ध भएर जाँदा समेत प्रहरी मुकदर्शक भएको पाइएको थियो । सो बिषयमा रावे प्रहरी चौकी इञ्र्चाज डम्बर बहादुर गौतमसँग बुझ्दा पटक–पटक कारवाही गर्दा समेत न मानेको बताए ।

प्रकाशित मिति: Sep 2, 2019

प्रतिक्रिया दिनुहोस्