Logo
४ बैशाख २०८१, मंगलबार
(September 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा श्री गणेश चतुर्थी महोत्सव हुँने

दुहवीमा श्री गणेश चतुर्थी महोत्सव हुँने
सुनसरी/ सुनसरीको दुहवी नगरपालिका अगाडी श्री गणेश चतुर्थी महोत्सव हुँने भएको छ ।श्री गणेश पुजा समिति दुहवीको आयोजनामा यहि भदौ १६ गते देखि १८ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुँने आइतवार पत्रकार सम्मेलन मार्फत पुजा आयोजक समितिका रंजित गोश्वामीले जानकारी दिएका छन ।

१६ गते सोमवारका दिन पुजा शुभारम्भ तथा प्रसाद ग्रहण हुँने, मंगलवार र वुधवार
दुइ दिन सम्म पुजा आरती र भजन संध्याको कार्यक्रम रहँने जानकारी दिइएको छ । भदौ १९ गते बिहीवार मुर्ती बिर्षजन हुँनेछ । सो महोत्सवमा आर्कर्षणको रुपमा ९ फिटको श्री गणेशको मुर्ती, र १०१ केजीको लड्डु, नेपाल तथा भारतका ख्याती प्राप्त कलाकारहरुबाट कला प्रस्तुत गर्ने बताइएको छ । दुहवीमा दोश्रो पटक आयोजना गरिएको महोत्सवमा आयोजकले २५ हजार भक्तजनहरु सहभागि हुने अनुमान गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै इप्रका दुहवीका प्रहरी निरीक्षक प्रबिण कार्कीले सुरक्षाकालागि सक्दो पूर्व तयारी गर्ने बताए । महोत्सवलाइ भव्यरुपमा समपन्न गर्नकालागि राकेश मुन्दडा,मुन्नु साह, आयुस अग्रवाल, सुरज साह र राजेश साह लगायतका युवाहरुले अहोरात्र खटने बताए ।

प्रकाशित मिति: Sep 1, 2019

प्रतिक्रिया दिनुहोस्