Logo
११ बैशाख २०८१, मंगलबार
(September 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल लोक स्टारमा रविराज साह मधेशीको नममा दयाले होइन, कलाले जित्नेछ : वीरेन्द्र केएम

बहुचर्चित पत्रकार वीरेन्द्र केएमले नेपाल लोक स्टारका प्रतियोगी रविराज साह दयाले जभई कलाले नै जित्नुपर्ने बिचार ब्यक्त गरेका छन् । पत्रकार केएमले उनी मधेशी भएकै कारण जित्नुपर्छ भन्ने होइन् उस्को कला नै जित्ने योग्य रहेको दावी गरे ।

समाजिक संजाल फेसबुकमा बिचार पोष्ट गर्दे पत्रकार केएमले रविराज सक्षम र मिहिनेती समेत भएकाले लोकस्टारको फाइनल उनैले जित्ने दावी गरेका छन् ।

प्रदेश नम्बर १, सुनसरी निवासी पत्रकार केएम एबिपि न्यूज नेटर्वकका नेपाल प्रतिनिधि तथा नागरिक टाइम्सका सम्पादक हुन् । उनी डेढ दशकदेखि नेपाली मुलधारको पत्रकारितामा कृयाशिल रहेका छन् ।

उनको फेसबुक पोष्टहरु बेला बेलामा निकै चर्चा पाएको हुन्छ । ‘मधेशीहरु जहाँ भएपनि अधिकार सम्पन्न हुनुपर्ने भन्दै सुनसरी, मोरङ्ग, झापा र उदायपुरका मधेशीहरु अधिकारका लागि प्रदेश २ मै जानुपर्ने कुनै आवश्यक्ता नरहेको’ भन्ने उनको पोष्ट निकै चर्चा पाएको थियो ।

हेर्नुस् उनको विचार जस्ताको त्यस्तैः

यसैबीच, नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साहले भोटिङतर्फ अग्रता कायमै राखेका छन् ।

लोकस्टारमा प्रतिस्पर्धा गरिरहेका प्रतिस्पर्धीहरुको लागि हालसम्म भएको भोटिङमा रविराज एक नम्बरमा कायम छन् । ‘पट ११’ प्रवेशका लागि भएको भोटिङमा पनि सबैभन्दा अत्याधिक भोट पाएका उनी ‘टप १०’ प्रवेशमा समेत सबैभन्दा बढी भोट बटुलेका हुन् ।

नेपाल लोकस्टारको सुरुवाती चरणदेखि नै आफ्नो दमदार प्रस्तुतिका कारण सबैको मन जितिरहेका रविराज शुक्रबार राती भएको टप १० को सेफ जोनमा निकै अत्याधिक भोटका साथ अवतरण गरेका छन् । कम भोटका कारण एकजनाको यात्रा यत्तैबाट टुंगिएको छ ।

टप ११ बाट टप १० मा छनोट भएर आएका १० जना प्रतियोगी मध्ये रविराज सबैभन्दा अत्याधिक भोटका साथ अग्र स्थानमा रहेको नेपाल लोकस्टारका प्रोड्युसर सहदेव कोईरालाले भने । रविराजले जम्मा कति भोट पाए भन्ने न्यूज ब्यूरोको प्रश्नमा उनले भोटको संख्या खुलाउने नियम नभएका कारण भोट संख्याबारे खुलाएनन् ।

यद्यपि अहिलेसम्म उनको यात्रा सुखद रहेको र अगाडिका यात्रा पनि सुखद कायम रहने विश्वास लिएको उनले बताए । उनले भने, ‘रविराजजी आफ्नो दमदार प्रस्तुतिका साथ अहिले सबैभन्दा अग्र स्थानमा हुनुहुन्छ ।

उहाँको प्रस्तुतिको जादु भनौं, मधेशबाट मात्रै नभएर समग्र नेपालबाटै साथ र समर्थन पाइरहनु भएको छ । यो राम्रो संकेत हो ।’ अगाडि भने, यस्तै रहने हो भने रविराजजी गन्तव्यसम्म पुग्न अवश्य नै सफल हुनुहुनेछ । आशा गरौं, अगाडि पनि सबै राम्रो नै रहनेछ ।’

राविराजको सुरिलो आवाज र दमदार प्रस्तुतिका कारण जजहरुले समेत उनको खुलेरै प्रशंसा गर्दै आएका छन् । उनी दावेदारी बलियो बनाउँदै गएपनि उनको अगाडिका यात्राका लागि मूख्यतः भोट नै निर्णायक हुनेछ ।

अगाडिका राउण्ड प्रवेशका निम्ति जजको मात्र २० प्रतिशत माक आवश्यक हुन्छ भने ८० प्रतिशत बाहिरकै भोट चाहिन्छ । एपीवान टेलिभिजनबाट प्रशारण भइरहको नेपाल लोकस्टारको बलिया दावेदार मानिएका रविराजलाई फाईनल राउण्डसम्म पुर्याउन धेरैभन्दा धेरै भोटको आवश्यकता छ ।

रविराजलाई जिताउन मधेशी युवाहरुले विभिन्न ठाउँ तथा समाजिक संजालमा ‘रविराज जिताउ’ अभियान जारी राखेका छन् । विभिन्न माध्यमले भोटको लागि सहयोग गर्नेहरुप्रति नतमस्तक हुँदै रविराजले पहिलेभन्दा अब बढी भोटको आवश्यकता रहेकाले भोटको लागि सशक्त र प्रभावकारी अभियान चलाउन आग्रह गरेका छन् ।

गन्तव्य नजिक पुगेका उनी अगाडिका राउण्डमा पनि भोटिङ तर्फ अग्र स्थानमै रहयो भने इतिहास रच्न सक्छन् । टप १० मा छनोट भएर आएका प्रतियोगीहरुका लागि लोकस्टार आयोजकले सोमबार मध्यान्ह १२ बजेदेखि आधिकारिक भोटिङ खुल्ला गर्दैछ ।

भोटिङको अन्तिम समय शुक्रबार दिउँसो १२ बजेसम्म हुनेछ । रविराजलाई मोबाईलबाट सिम कार्ड तथा आईएमई एप मार्फत् भोट गर्न सकिनेछ । लोकस्टारमा अत्याधिक मत पाउनेले अगाडिका राउण्ड सिधैं प्रवेश पाउनेछ ।

आउँदो शुक्रबार ८ः४५ बजे टप ९ को फाईनल प्रशारण हुनेछ । यतिबेला टप १० मा रहेका १० जना प्रतियोगी मध्ये हरेक एपिसोडको फाईनलबाट एक–एकजना गरी नेपाल लोकस्टारको फाईनल राउण्डसम्म ५ जना बाहिरिनेछन् ।

‘टप ५’ मा सेफ हुने ५ जना प्रतियोगी क्रमशः विजेता घोषित हुनेछ । मधेशको मानको सवाल भएको भन्दै रविराजलाई नेपाल लोकस्टारको विजेता बनाउन मधेशी समुदायका युवाहरु कम्मर कसेर लागेको देखिएको छ ।

संगित क्षेत्रमा मधेशका उदयमान रविराजलाई गन्तव्यसम्म पुर्याउन सबैको साथ र सहयोगको खाँचो देखिएको छ ।

रविराजलाई भोटिङ गर्ने तरिका :
नेपालका लागि : Type L (space) 01 Send to : 37000

For landline : 166677 And enter voting code : 01

भारतका लागि : Type L (space) 01 Send to : 53010

कतारका लागि : Type L (space) 01 Send to : 92300

साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।

प्रकाशित मिति: Sep 2, 2019

प्रतिक्रिया दिनुहोस्