Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुबईमा गम्भीर दुर्घटना : एक नेपालीसहित ८ जनाको मृत्यु, २ को अवस्था गम्भिर

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अरु ६ जना पनि घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा परि मृत्यु हुने मध्ये एकजना नेपाली नागरिक रहेको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । अन्य मृतक एसियाली राष्ट्रका रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।

घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Sep 30, 2019

प्रतिक्रिया दिनुहोस्