Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैं-तिहारमा सरकारी स्वास्थ्य संस्था खुल्लै राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि सरकारी स्वास्थ्य संस्थाहरूलाई सेवा सुचारु गर्न निर्देशन दिईएको छ ।

सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्य सेवा यथावत् राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरिदिन सामान्य प्रशासन मन्त्रालयलाई गरेको अनुरोधपछि सामान्य प्रशासन मन्त्रालयले सबै निकायमा उक्त निर्देशन दिएको हो ।

मन्त्रालयको उक्त निर्देशन पछि सर्वसाधरणहरुलाई चाडपर्वमा थप राहत पग्ने भएको छ ।

प्रकाशित मिति: Sep 30, 2019

प्रतिक्रिया दिनुहोस्