Logo
१३ बैशाख २०८१, बिहीबार
(September 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटहरीमा जेष्ठ नागरिकका लागि निशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न

इटहरी :  जेष्ठ नागरिक दिवसको अवसर पारेर इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका ६ ठाँउमा निशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । आज इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरहरु सहितको शिविरमा १ सय २६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

शिविरमा ल्याव सेवा र औषधी पनि निशूल्क गरिएको छ । विराट मेडिकल कलेज विराटनगरका जेनेरल फिजिसियन डा रामकुमार मेहता, हाडजोर्नी रोग विशेषज्ञ डा. मिथलेस कुमार गुप्ता, स्त्री रोग विशेषज्ञ डा सपना भगत, इटहरी अस्पतालका दन्तरोग विशेषज्ञ डा आश्विन कुमार गुप्ता लगायतका चिकित्सकले स्वास्थ्य परीक्षण गरे ।

६० बर्ष माथिका जेष्ठ नागरिकका लागि निशूल्क स्वास्थ्य परीक्षण शिविर गरिएको हो । बिहान इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले शिविर उद्घाटन गरिन् । दिनभर पानी परेपनि जेष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र बरालले बताए ।

यसअघि जेष्ठ नागरिक दिवसकै अवसर पारेर इटहरीका वडा नम्वर १,३,१२,१६ र १७ नम्वर वडामा स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो । ५ ठाँउमा भएका शिविरमा २सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

आफनै गाँउ ठाँउमा उपमहानगरले निशूल्क स्वास्थ्य जाँच गरिदिएपछि जेष्ठ नागरिक खुशी भएका छन् । जेष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले १०० वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई घरमै गएर भेटेका छन् । असोज १३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टर सन्जिव शर्मासँग स्वास्थ्य सम्वन्धि सचेतना र अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति: Sep 30, 2019

प्रतिक्रिया दिनुहोस्