Logo
१३ बैशाख २०८१, बिहीबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंक ह्याकिङ प्रकरणमा कृषि विकास बैंक लहानका ऋण प्रमुख सनिष शाह पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा प्रदेश २ स्थित सोही बैंकका लहान ऋण शाखाका प्रमुख सनिष कुमार शाह पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ह्याकिङ प्रकरणमा संलग्‍न भएको आरोपमा उनलाई पक्राउ गरेको हो।

पक्राउ गरेलगत्तै उनलाई थप अनुसन्धानको लागि महाशाखाले आइतबार काठमाडौं ल्‍याइएको छ। योसँगै कृषि विकास बैंक ह्याकिङ प्रकरणमा पक्राउ पर्नेहरु १५ जना पुगेको छ।

यसअघि विदेशमा बसेरै ह्याकरले कृषि विकास बैंकको करिब पाँच करोड रुपैयाँ ११ व्यक्तिको खातामा पुर्‍याएका थिए भने प्रहरीले बैँकिङ प्रणालीबाट करोडौँ रुपैयाँ कुम्ल्याउने योजना बनाएका १२ जनालाई पक्राउ गरेको थियो।

साथै थप दुई जना यज्ञराज भट्ट ४६ लाख रुपैयाँसहित महेन्द्रनगरबाट र मालती देवी न्यौपाने भट्टराई पवर्तको हुवासबाट २४ लाखसहित प्रकाउ परेका थिए।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्