Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सञ्जालको दुरुपयोग : मुख्यमन्त्री शाहीको नाममा नक्कली फेसबुक अकाउन्ट

सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चरित्र हत्याको प्रयास भइरहेकोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण गराएको छ ।

शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास गर्न खोजेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका छन् ।

‘सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिगर्ने उद्देश्यका साथ नक्कली आइडीबाट विभिन्न व्यक्ति तथा निकायमा च्याट सम्पर्कमार्फत अवाञ्छित निर्देशन तथा माग गर्ने गरिएको पाइएको छ, यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक तथा आम जनसमुदायसँग अनुरोध गर्दछौँ ।’(स्वकीय सचिव सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्रीको व्यक्तिगत फेसबुक अकाउन्टको लिङ्क महेन्द्र डट शाही डट १६५ रहेकाले यसबाहेक उनको नाम जोडेर चलाइएका अन्य आइडीको विश्वास नगर्न आग्रह गरिएको छ ।

स्वकीय सचिवालयले नक्कली फेसबुक आइडी प्रयोग गर्ने व्यक्ति पहिचान गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइसकिएको जनाएको छ ।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्