Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत सरकारको सहयोगमा नवनिर्मित कुलेश्वर माध्यमिक विद्यालय भवनको उद्घाटन

भारत सरकारको सहयोगमा राजधानी काठमाडौं स्थित
निर्माण सम्पन्न गरिएको कुलेश्वर आवास माध्यमिक विद्यालय  भवनको शनिबार उद्घाटन गरिएको छ ।

काठमाडौं  स्थित  भारतीय  राजदूतावासका  उपराजदूत (नियोग  उप-प्रमुख) डा.  अजय  कुमारले  उद्घाटन गरेका छन् । को  नवनिर्मित  भवनको  उदघाटन  गर्नुभयो  ।
हाल काठमाडौं  महानगरपालिका  वडा  नं.  १४  स्थित रहेको  उक्त विद्यालय सन  १९८९  मा  कुलेश्वर  आवास  परिवार  कल्याण  संस्थानले  स्थापना  गरेको  यस  कुलेश्वर आवास  माध्यमिक  विद्यालय  सामुदायको  सहयोगबाट  सञ्चालित रहेको छ ।

हाल  यस  विद्यालयमा  ८००  भन्दा बढी  विद्यार्थीहरु  अध्ययारत  छन  जसमध्ये  ५०  प्रतिशत  छात्रा  रहेका  छन  ।  विद्यालयमा  अध्ययनरत अधिकांश  विद्यार्थीहरु  समाजका सिमान्तकृत वर्गका छन  ।

भारत  सरकारको  ३.८६  करोड  अनुदान  सहयोगमा  निर्मित  यस  तीन  तल्ले  नयाँ  विद्यालय भवनमा  २०  वटा  कक्षा  कोठा  लगायत  प्रत्येका  तलामा  छात्र  छात्राका  लागि  छुट्टै  शौचालय, अण्डरग्राउण्ड  पानीट्याङ्की,  सेप्टिक  ट्याङ्की  तथा  फर्निचरको  व्यवस्था  रहेको  छ  ।

यस  विद्यालय निर्माणको परियोजनालाई काठमाडौं जिल्ला  समन्वय  समितिले  कार्यान्वयन गरेको हो । यस  नवनिर्मित  संरचनाले  विद्यार्थीहरुको  सिकाई  वातावरणलाई  अभिवृद्धि  गर्ने दूतावासले अपेक्षा  गरिएको  विज्ञप्ती मार्फत भनेको छ ।

“शिक्षाको  क्षेत्रमा  पूर्वाधार  विस्तार  गर्न  नेपाल  सरकारलको  प्रयासलाई  पूरा  गर्ने  सहयोगीको  रुपमा रहेको यस परियोजनासँग  जोडिन पाएकोमा  भारत  सरकार  खुशी  व्यक्त गर्दछ” विज्ञप्तीमा भनिएको छ ।

उक्त  उदघाटन  समारोहमा  जिल्ला  समन्वय समितिका  अध्यक्ष  श्री  शिव  सुन्दरराज  वैद्य,  वडा  लकवमअध्यक्ष  श्रीमती  शोभा  सापकोटा  तथा  जिल्ला  समन्वय अधिकृत  श्री  पीताम्बर  अधिकारी  लगायत  विभिन्न राजनीतिक  नेता  तथा  सामुदायिक  अगुवाहरुको  सहभागीता थियो  ।

प्रकाशित मिति: Sep 28, 2019

प्रतिक्रिया दिनुहोस्