Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक शिव परियारको ‘निष्ठुरी’ बोलको गीत सार्वजनिक

गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आज सार्वजनिक गरिएको छ । शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत आज नमस्ते फिल्मीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा चोखो प्रेमको अर्थ नबुझेकी एक युवती धनको पछि लाग्दा बिछोडिएको कथा समेटिएको अहिलेको समाज सुहाउँदो रहेको रचनाकार रवि अधिकारीले बताए । अधिकारी आँसुको अर्थ र आँसुको अर्थ भाग-२ गीतको रचनाकार हुनुहुन्छ ।

गीतमा उत्सव र स्नेहा प्रेमी प्रेमिकाको भूमिकामा देखिएका छन् । स्नेहाको भेट सफल उद्योगपति जनकसँग हुन्छ र उनले उत्सवलाई छोड्छिन् । एक सामान्य युवा उत्सव कालान्तरमा नेपालको सुपरस्टार गायक बन्छ । उता स्नेहाले धनको पछि लाग्दा धोका पाएर पुनः उत्सवको जीवनमा फर्किन खोज्छिन् । तर उत्सवले अस्वीकार गरिदिन्छन् ।

दीपक शर्माले सङ्गीत दिएका उक्त गीतमा रिदम कँडेलले सङ्गीत संयोजन गरेका छन् । गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपलिया र सुशान्तकुमार श्रेष्ठको अभिनय छ ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्