Logo
७ बैशाख २०८१, शुक्रबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख गन्हाउने समस्या छ ? यदि छ भने अपनाउनुहोस् यी ५ प्रभावकारी उपायहरु

काठमाडौँ : केही व्यक्तिहरुमा मुख गन्हाउने समस्या पाइन्छ । यस मुख गन्हाउने समस्याका कारण आफ्ना साथीहरुसँग लज्जित हुनु परेको पनि हुन्छ । तसर्थ उक्त समस्याबाटढ छुटकारा पाउन केही जानकारी लिनु उत्तिकै आवश्यकता रहन्छ ।

यस समस्यामा हामीले जिब्रोलाई बिर्सनु हुँदैन । प्राय: मानिसहरुमा जिब्रोको सफाइमा कमी आएकै कारण मुख गन्हाउने समस्या देखिएको हो । मुख सुक्खा हुँदा जिब्रो फोहोर हुने र सास गनाउने गर्छ ।

जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुर्याउनुपर्छ ।

 यसबाट मुक्ति पाउन निम्न उपायहरु अपनाउन सकिन्छ जस्तै कि :

१. भेजिटेबल ग्लिसरिन :  बजारमा पाइने भेजिटेबल ग्लिसरिन ल्याएर जिब्रोमा अलिकति हाली ब्रसले हल्का रगडेर मनतातो पानीले कुल्ला गर्नुपर्छ । दिनमा २ पटक यसो गर्नाले जिब्रो सफा हुनगई यो गुलाबी रङको देखिन थाल्छ ।

२. नरिवलको तेल :  बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक बिहान यसो गर्ने हो भने जिब्रो सफा हुन्छ र सास गनाउने समस्या पनि हटेर जान्छ ।

३. घ्यूकुमारीको रस : घ्यूकुमारीको रसमा पनि प्रभावकारी गुण हुन्छ । यसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोभेराको रस मुखमा लिएर केही बेर राखेर कुल्ला गरी यसलाई थुकिदिने । त्यसपछि एक चम्चा एलोभेरा जुस पिउने । दुई हप्तासम्म यसलाई निरन्तरता दिने हो भने पनि सास गनाउने र जिब्रो फोहोर हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. टङ क्लिनर :  बजारमा पाइने धातु र प्लास्टिकका ‘टङ क्लिनर’ पनि मुख गन्हाउने समस्याका लागि उपयोगी मानिन्छ । ब्रस गरिसकेपछि यसले बिस्तारै जिब्रो सफा गर्नुपर्छ । तर, जोडले रगड्नु भने हुँदैन ।

५. नुन :  जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । यसमा ‘एन्टिसेप्टिक’ गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्कासँग ‘स्क्रब’ गर्नुपर्छ । सातामा दुईपटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ । मनतातो पानीमा नुन हालेर सातामा दुईपटक कुल्ला गर्नाले जिब्रो सफा हुनुका साथै यसमा जम्मा भएका ब्याक्टेरियाबाट मुक्ति पाइन्छ ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्