Logo
१३ बैशाख २०८१, बिहीबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री बिनिता बरालको ‘सरप्राइज’, फेसबुकमा सेयर गरिन् यस्तो तस्बिर

अभिनेत्री बिनिता बरालले सामाजिक सञ्जाल फेसबुकमा आफू गर्भवती भएको जानकारी दिएकी छिन् । करिब ४ महिनाअघि अमेरिकामै विवाह गरेकी अभिनेत्री बिनिताले आफू गर्भवती भएको बताएकी हुन् ।

बिनिताले बिहिबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै यसबारे बताएकी हुन् । उनले दुईवटा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘सरप्राइज सरप्राइज !! ‘सानी बिनिता’ अन बोर्ड !!’

तिलक पौडेलसँग मे २७ मा विवाह गरेकी बिनिताले फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि कृषक बनेकी थिइन् । उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन् । पछि उनी आफ्नो पढाईका लागि भन्दै अमेरिका उडेकी थिइन् ।

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्