Logo
४ बैशाख २०८१, मंगलबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महेन्द्र गुफापछि अब इटहरीमा पनि फ्रि वाईफाई

प्रदेश १ को सुनसरी जिल्ला स्थित इटहरी उपमहानगरपालिकाले इटहरीका बिभिन्न ठाँउमा फ्रि वाईफाई सेवा उपलब्ध गराएको छ ।

महेन्द्र र चमेरो गुफामा फ्रि वाइफाइको सेवापछि इटहरीमा पनि यो सुविधा उपलब्ध गराएको हो ।

सूचना प्रविधि अधिकृत ओसन चौधरीका अनुसार इटहरी उपमहानगरले वल्र्डलिंक सँगको सहकार्यमा तत्कालका लागि उपमहानगर परिसर,रेयुकाई चौतारी इटहरी मेनचौक, इटहरी वसपार्क,वुढिगंगा मुक्तिघाट,लक्ष्मी नारायण मन्दिर पचरुखी चौक,वडा नम्वर २० को वडा कार्यालय परिसर तरहरा बजार र तालतलैया पार्कमा निशूल्क वाइफाई सेवा उपलब्ध गराएको हो ।

इटहरीका अन्य ठाँउमा समेत विस्तार गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत चौधरीले जानकारी दिए । सर्वसाधारणमा सूचना प्रविधिमा सहज पहुँच स्थापित गर्दै सूचना प्रविधिमैत्री उपमहानगर बनाउन फ्रि वाईफाई सेवा उपलब्ध गराउन थालिएको उपमहानगरले जनाएको छ । फ्रिवाइफाइ सेवा उपलब्ध भएपछि सर्वसाधारण जनता खुशी भएका छन ।

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्