Logo
४ बैशाख २०८१, मंगलबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनगढीकी खगित्रा शाहीले जन्माइन् ४ शिशु

सा‌ंकेतिक तस्बिर

काठमाडौँ :  धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन् । २७ वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा बुधबार ३ छोरा र १ छोरी जन्माएको उनको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. चन्दा कार्कीले जानकारी दिइन् ।

आठ महिनाको गर्भबाट डा. कार्की लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । हाल ती शिशुको अवस्था सामान्य रहेको छ । ती नवजात ३ शिशुको तौल क्रमश : १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ ।

सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । धनगढीबाट उपचार गर्न सो अस्पतालमा ल्याइएको खगित्राका श्रीमान पदम शाहीले जानकारी दिए ।

चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका प्रा. डा. कार्कीले बताइन् । ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्