Logo
६ बैशाख २०८१, बिहीबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटना, रोगको महामारी, दैवी विपत्ति आदिको खतरा छ : ज्यो. दीपक सुवेदी

खगोलमा ग्रहहरूले स्थान परिवर्तन गरिरहने र स्थान परिवर्तन गर्दा विभिन्न खालको घटना दुर्घटनाको योगहरू बनिरहेको हुनाले विश्वव्यापि रूपमा यसको प्रभाव पर्ने क्रममा नेपालमा पनि यसको थोरधेर असर हुने चर्चित ज्योतिषी दीपक सुवेदीले बताएका छन् ।

ज्यो. सुवेदीको ज्योतिषीय विश्लेषण प्राय मिल्ने विश्वास गरिन्छ । उनी आफैले चलाउने फोरकास्ट टेलिभिजन (एस्ट्रोलोजर दीपक गुरु) नामको युट्युब च्यानलमा उनले अपलोड गरेको आफ्नै भनाईको भिडियोमा उनले त्यस्तो बताएका हुन् ।

सुवेदीका अनुसार यतिबेला आकाशमा पर्न गइरहेको ग्रहगोचरको अवस्थाले आकाशमार्ग, थलमार्ग एवं जलमार्गमा विभिन्न खालका दुर्घटनाहरू हुनसक्ने बताइएको छ । राजनैतिक विवाद हुने र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विशिष्ट व्यक्ति एवं राजनीतिक व्यक्तिलाई कष्ट हुने उनको भनाई छ ।

रोगको संक्रमण बढ्ने, भूकम्पलगायतका दैवी विपत्ति हुनसक्ने पनि उनले बताएका छन् । आगजनि, हत्या, बलात्कार, लुट्पाट, अपहरण, आत्महत्या, पशुचौपायाहरूमा रोग फैलिने र सैन्यशक्तिहरूको टकराव अथवा लडाई झगडा हुनसक्ने ज्योतिषी सुवेदीको विश्लेषण छ ।

सुवेदीले देशविदेशमा रहेका सबै नागरिकहरूमा, समाजमा र देशमा सबैतिर पर्नसक्ने ग्रहको दुस्प्रभावलाई हटाउन सबैले आआफ्नो स्थानबाट शान्तिको उपायहरू अप्नाउन सुझाएका छन् । । ग्रहशान्तिको उद्देश्यले राज्य अथवा सरकारको तर्फबाट पनि याज्ञिक अनुष्ठानहरू गर्नुपर्ने उनको भनाई रहेको छ ।

हेर्नुहोस् ज्यो.सुवेदीको भनाई जस्ताको तस्तै भिडियोमा

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्